२०७७ असार २९ गते / 13th Jul 2020, Monday
investment investment

जनता माध्यमिक पाही ५९ औं वर्षमा


 जनता माध्यमिक पाही, रांखानीले  विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ५९ औं वार्षिकोत्सव मनाएको छ ।


तत्कालीन शिक्षाप्रेमीहरु मुखिया मानबहादुर थापा, थानेश्वर उपाध्याय, जि.मु. चन्द्रदत्त उपाध्याय, कृष्णराज उपाध्याय, हरिनारायण उपाध्याय, छविलाल क्षेत्री, गुणाखर उपाध्याय, कृष्णराज उपाध्याय तथा मनिरत्न शर्मालगायतको सक्रियतामा जिल्लाको दक्षिणभेग हाँडीकोट धुरीको काखमा रहेको पाही गाउँमा सो विद्यालयको स्थापना गरिएको थियो ।


कार्यक्रमको शुरुवातमै शिक्षाको गौरवमय इतिहास रच्ने र शैक्षिक विकासको सुनौलो सपना देख्ने ती शिक्षाप्रेमी अग्रजप्रति श्रद्धा सुमन व्यक्त गरिएको थियो । साथै, ती अग्रजहरुले देखाएको बाटोमा अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरिएको थियो ।


सो कार्यक्रम मूल समारोहको समुद्घाटन त्यसै विद्यालयबाट शिक्षा प्राप्त गर्नुभएका पूर्व विद्यार्थी एवं नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्मा  र बाग्लुङ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाबाट संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी गरिएको थियो ।


सो समारोहका प्रमुख अतिथि पूर्व सचिव शर्माले त्यस क्षेत्रको शैक्षिक विकासका लागि सहयोग पु¥याउनु आफ्नो कर्तव्य रहेको उल्लेख गर्दै विद्यालयका अभिभावकहरुको अपेक्षा र चाहनाबमोजिम बालबालिकाको सिकाइ उपलब्धिमा सुधार ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुको नै प्रमुख भूमिका रहने बताउनुभयो । उहाँले यो भूमिका  पूरा गर्न शिक्षकहरु बढी सक्रिय हुनु पर्छ भन्नुभयो ।

अभिभावकहरु विद्यालयको सहकार्यबाट नै बालबालिकालाई गुणस्तरीय शिक्षा दिन सकिने हुनाले त्यसका लागि सबैको सहकार्य हुनुपर्नेमा जोड दिँदै विद्यालयको र समग्र शैक्षिक क्षेत्रको विकासमा आफूले विद्यालयलाई सधैं साथ दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । आफ्ना पिता स्व. थानेश्वर उपाध्याय तथा अन्य अग्रजहरुले देखाएको बाटो बिराउन नहुने र त्यही बाटोमा हिँड्न सके शिक्षाको ज्योति कहिल्यै ननिभ्ने र अझ चम्किलो हुँदै जाने शर्माले बताउनुभयो ।


कार्यक्रममा विशिष्ट अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले विद्यालयले विगतदेखि निरन्तर उत्कृष्ट शिक्षा दिँदै आएको र यसबाट उत्पादित जनशक्तिले मुलुकका विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिकामा पुग्नु जिल्लाकै प्रतिष्ठाको विषय रहेको धारणा व्यक्त गर्नुभयो । ‘आजको युग विज्ञान तथा सूचना प्रविधिको युग हो । परिवेशमा त्यो विषयलाई आत्मसात गर्दै आफ्ना छोराछोरी यो विषय पढ्न बाहिर जान नपरोस् भन्ने उद्देश्यका साथ यहाँका अभिभावकहरुको सहयोगमा कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘म तपाईँहरुको आँट र धीरताको प्रशंसा गर्छु । यसलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन जिल्ला समन्वय समितिको तर्फबाट पूर्ण सहयोग गर्नेछु ।’


कार्यक्रममा जैमुनी नगरपालिका वडा नं १० का वडाअध्यक्ष नरबहादुर थापाले बदलिँदो परिवेशमा नपाको शैक्षिक योजना तयार पारी विद्यालयहरुको उपयुक्त व्यवस्थापनबाट सामुदायिक शिक्षाको गुणस्तर  बढाउने बताउनुभयो । यसका लागि सबैको सहयोग आवश्यक रहेको पनि उहाँले सुनाउनुुभयो ।

थानेश्वर–देवका छात्रवृत्ति अक्षयकोष हस्तान्तरण
कार्यक्रममा विद्यालयका संस्थापक थानेश्वर उपाध्याय तथा उहाँकी धर्मपत्नी देवका उपाध्यायका छोराबुहारी टिका पौडेल तथा विमला पौडेलसमेतले बुवाआमाको नाममा स्थापना गर्नुभएको ‘थानेश्वर–देवका छात्रवृत्ति अक्षयकोष’ बाट उत्कृष्ट नतिजा ल्याउने ७ र विपन्न परिवारका ८ गरी १५ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । अक्षयकोष सञ्चालक समितिका सदस्य एवं पूर्वसचिव महाश्रम शर्माले सो छात्रवृत्ति हस्तान्तरण गर्नुभएको थियो । २०६९ मा स्थापित १ लाख ७२ हजार रुपैयाँबराबरको सो अक्षयकोष आगामी दिनमा अझ बढाउँदै लगिने शर्माले प्रतिबद्धता जनाउनुभएको थियो । साथै, समारोहमा जिल्ला समन्वय समितिका प्रमुख ढुंगानाले विभिन्न कक्षाहरुमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभयो ।
स्थानीय आमा समूहले समेत उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप पुरस्कार वितरण र बाल क्लबले उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेका थिए ।


सोही अवसरमा दक्षिण कोरियामा रही विभिन्न क्षेत्रमा सेवा गर्ने  विद्यालयका पूर्व विद्यार्थी हरुबाट विज्ञान विषय सञ्चालन सहयोगार्थ प्राप्त भएको ५ लाख रुपैयाँको चेक पूर्वविद्यार्थीहरुका अभिभावकहरुले हस्तान्तरण गरेका थिए । जिल्लाको पिछडिएको क्षेत्रमा रहेर पनि त्यहाँका शिक्षाप्रेमी तथा विद्यालयको मिहिनेत र परिश्रमले गर्दा बालबालिकालाई गुणस्तरीय शिक्षा दिन सफल यो सामुदायिक विद्यालयले आफूलाई अग्रणी रुपमा स्थापित गरेको छ ।


 



प्रमुख समाचार

सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन

सिन्धुपाल्चोकका पुराना शैक्षिक अभियन्ता एवं शिक्षक पोषप्रसाद नेपालको शनिबार राती ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी पर्नुभएका नेपालको ...

सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा ऐन नआउँदासम्म प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम कार्यक्रममा दोहोरोपना नआउनेगरी ...

 सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर  सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर

‘बजारको मागअनुरुप रोजगारी र सीप दिनेबीच अन्तर्सम्बन्ध जरुरी’ राष्ट्रिय आवश्यकता र बजारको मागअनुरुप जनशक्ति उत्पादन नहुँदा नेपालमा प्राविधि ...