२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday
investment investment

योजनाबद्ध सुधारको बाटोमा डडेल्धुराका विद्यालय

 

 

‘आजको उपस्थिति’ विधिले परिचित शिवशंकर आधारभूत विद्यालय


प्रार्थनाको घण्टी बज्नासाथ विद्यार्थीहरु बडो अनुशासनका साथ चउरमा लाइन लाग्न पुगे । सरस्वती बन्दना, राष्ट्रगान पछि कवाज शुरु भयो । लाइनमा लाग्द लाग्दै विद्यार्थीहरुले हात उठाएर आ–आप्mना कक्षामा अनुपस्थित विद्यार्थीहरुको नामावली भन्न थाले र विद्यार्थीहरुले अगाडि रहेको ‘आजको उपस्थिती पाटी’मा अनुपस्थित विद्यार्थीको नाममा रातो लगाइदिए । उस्तै अनुशासनका साथ लाइन लागेर विद्यार्थीहरु आ–आप्mना कक्षामा प्रवेश गरे । यो दृश्य थियो –डडेल्धुरा जिल्लाको शिवशंकर आधाभूत विद्यालयको ।

विद्यालयमा पुगेपछि शिक्षक विद्यार्थी सबैले आजको उपस्थिती पाटीमा हाजिरी गर्नुपर्छ । विद्यालयमा हाजिर भएकालाई हरियोे रंगको र गयल भएकालाई रातो रंगले संकेत गर्ने गरिन्छ । यसले विद्यालयमा त्यसदिनको उपस्थिती प्रष्ट पार्छ । उपस्थिति देखाउने मात्रै हैन विद्यालयले त्यसको आधारमा छलफल गर्ने, किन अनुपस्थित भए भनेर जानकारी लिने समेत गर्दै आएको विद्यालयका प्रधानाध्यापक विष्णुराज भट्ट बताउनुहुन्छ । यसबाट सिकाइ उपलब्धिमा समेत सुधार आएको उहाँको भनाइरहेको छ ।

योजनावद्ध सुधार
विद्यालयले योजना वद्ध सुधारका कार्यक्रमहरु अघि बढाउँदै आएको छ । अभिभावक र सरोकारवालाहरुको छलफल र सहयोगमा विद्यालय सुधार योजना बनाउने र त्यसको योजनावद्ध कार्यान्वयनमा लाग्ने गर्दै आएको छ । कति सम्म भने हरेक शुक्रवार गर्ने अतिरिक्त क्रियाकलापका बारेमा समेत योजना गरिएको छ । कुन शुक्रवार के गर्ने पहिल्यै योजना गरिएको हुन्छ । प्रार्थना समयमा विद्यार्थीलाई प्रश्नावली सोध्ने, दैनिक उपस्थिती पाटीको व्यवस्था, बालक्लवको गठन र सक्रियता, सिकाइ उपलब्धि सुधार, भौतिक पूर्वाधार निर्माण लगायतका विषय योजना अनुसार नै अघि बढ्दै आएको छ । योजना अनुसार नै विद्यालयले विद्यालयको भवन मर्मत गर्न सफल भएको प्रद्यानाध्यापक बताउनुहुन्छ । विद्यालय उत्कृष्ट विद्यालय सुधार योजना बनाएको भनेर पुरस्कृत समेत भएको प्रधानाध्यापक भट्टले जानकारी दिनुभयो ।


सिकाइ उपलब्धिमा सुधार
विद्यालय सुधार योजनामा विद्यालयले सिकाइ उपलब्धि सुधारलाई विशेष महत्वका साथ समावेश मात्रै गरेको छैन त्यसका लागि विभिन्न प्रयास समेत गर्दै आएको छ । योजनावद्ध सुधार गर्न थालेपछि प्रत्येक वर्ष दूइ अंकका दरले सिकाइ उपलब्धिमा सुधार हुँदै आएको विव्यस अध्यक्ष कृष्णबहादुर विष्ट बताउनुहुन्छ । २०६९ मा ६१.१९ रहेको सिकाइ उपलब्धि यसवर्ष बढेर ६६.०४ प्रतिशत पुगेको छ । कक्षा १को सिकाइ उपलब्धि पनि बढेर ६७.४१, कक्षा २ को ६८.८२, कक्षा ३ को ६८.२८, कक्षा ४ को ६५.०३ र कक्षा ५ को सिकाइ उपलब्धि ६२.७० रहेको विव्यस अध्यक्ष विष्ट बताउनुहुन्छ ।

अभिभावकको सक्रियता
विद्यालय सुधारमा अभिभावकको सक्रियाता बढ्दै गइरहेको छ । विद्यालयको सुधार योजना बनाउँदा होस या त्यसको कार्यान्वयनमा होस्, सिकाइ सुधारका प्रयासमा होस या भौतिक निर्माणको व्यवस्थापन र नियमित अनुगमनमा अभिभावकको चासो र सहयोग रहँदै आएको विव्यस अध्यक्ष विष्ट बताउनुहुन्छ । विद्यालयले पनि सवै अभिभावकहरुको ना र सम्पर्क नम्बर भिक्तामा राखेको छ । कुनै विद्यार्थी दुइदिनभन्दा बढी अनुपस्थित भए अभिभावकलाई सम्पर्क गरी जानकारी लिने गरिएको छ ।


सिद्ध वैजनाथ विद्यालयको होस्टेमा अभिभावकहरुको हैंसे


विद्यालय प्रवेश गर्दा घाटीमा ठूलो परिचय पत्र झुन्ड्याएका व्यक्ति हरेक कक्षाको निरिक्षण गर्दै गरेका देखिए । यसरी हरेक कक्षामा गएर उपस्थितीको तथा जानकारी लिने, शिक्षणसिकाइका बारेमा जानकारी लिने व्यक्ति कुनै सरकारी कार्यलयका अधिकारी नभइ विद्यालयकै अभिभावक रहेछन् । बुझ्दा थाहा भयो, विद्यालयमा पालै पालो गरेर नियमित एकजना अभिभावकले अनुगमन गर्नेरहेछन् । २०७० सालमा विद्यालय सुधार योजना बनाउदा नै यस्तो योजना बनाउन थालिएको रहेछ । अभिभावकले हरेक दिन दिनभरी अनुगमन गरी रिपोर्ट विव्यसलाई बुझाउने र विव्यसले सोही अनुसार आवश्यक सुधारका प्रयास गर्दै आएको रहेछ ।

डडेल्धुराको पर्शुराम नगरपालिका–१० स्थित सिद्ध वैजनाथ आधारभूत विद्यालयमा अभिभावको यस्तै सक्रियता र चासोका कारण विद्यालयको शैक्षिक र भौतिक सुधार हुँदै आइरहेको छ ।

अभिभावकको सक्रियतापछिको सुधार

जिल्ला सदरमुकाम देखि करिव ६ घण्टामा जोगबुढा र त्यहाबाट २ घण्टा हिडेपछि विद्यालयमा पुग्न सकिन्छ । प्रधानाध्यापक लालबहादुर बोहराका अनुसार यस विद्यालयले २०५७ सालदेखि नै वर्षेपिच्छे विद्यालय सुधार योजना बनाउँदै आएपनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न थालेको भने धेरै भएको छैन । प्रभावकारी रुपमा योजनावद्ध रुपमा विद्यालय सुधार हुन थालेपछि र अभिभावकहरुको नियमित अनुगमन हुन थालेपछि हाल विद्यालयको सिकाइ उपलब्धि, शिक्षक विद्यार्थीको नियमितता, भौतिक निर्माण, विद्यालयको आन्तरिक व्यवस्थापन र समुदायको विद्यालयप्रतिको चासो र सहभागीतामा सुधार आएको छ । अभिभावकको नियमित अनुगमन पछि विद्यालयमा विद्यार्थी बीच बालबालिका झैं झगडा गर्ने प्रवत्तिमा कमी आइ अनुसाशन कायम भएको, विद्यार्थीको ड्रपआउट र बीचमै कक्षाछाडेर घर जाने प्रक्रियामा सुधार आएको छ ।


योजना, कार्यान्वयन र सुधार
विद्यालयले सुधार योजना मार्फत बालमैत्री कक्षा सञ्चालन, विद्यालय निर्माण, गुणस्तरीय पठनपाठन सुधार, सरोकारवालाहरुको आचारसंहिता निर्माण र विद्यालयमा नियमित अनुगमनका लागि अभिभावक कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयका प्रधानाध्यापक बोहरा बताउनुहुन्छ । विद्यालयमा नियमित अभिभावकहरुसँग छलफल गर्ने, आपसी अपनत्व विकास गर्ने, सरोकारवालाहरुको अर्थपूर्ण वा प्रत्युपादक सहभागीता जुटाउने, विद्यालयको आन्तरिक सक्षमताको सुधार गर्ने र यसबाट सिकाइ उपलब्धिमा सुधार गर्ने गरिएको उहाँको भनाइ रहेको छ ।


प्रयासपछिको परिवर्तन
पहिले विद्यालय सुधारका लागि न समुदायले ध्यान दिएको थियो न त विद्यालय नै लागेको थियो । तर, पछि बिस्तारै सरकारी कार्यक्रम अनुसार विद्यालयले सुधार योजना बनाएरै अघि बढ्ने निधो ग¥यो । अभिभावकहरुले पनि विद्यालयको सुधार प्रयासको होस्टेमा हैंसे गर्न तयार भए । अनि विद्यालयले नियमित विद्यालय सुधार योजना बनाउने र त्यसको कार्यान्वयनमा ध्यान दिन थाल्यो । विद्यालयले अभिभावक भेला गर्ने, छलफलबाट विद्यालयका समस्या पहिचान गर्ने र छलफलबाटै समाधानको उपाए निक्र्यौल निकालेर अघि बढ्न थाल्यो । जसले गर्दा विद्यालयको सिकाइ उपलब्धि समेत ६० प्रतिशत नाघेको प्रधानाध्यापक बोहरा बताउनुहुन्छ । विद्यालयमा हाल ४१६ विद्यार्थी अध्ययनरत छन् भने उनीहरुका लागि ११ जनाको शिक्षक समूह क्रियाशील रहँदै आएको छ ।


प्रार्थना समय पश्चात् ‘आजको प्रश्न’ गणेश माविको सिकाइ उपलब्धि बढाउने एक विधि


कवाज, सरस्वती बन्दना र राष्ट्रगान पछि सबै विद्यार्थीहरु लाइनमै आ–आप्mनो स्थानमा बसेँ । एकजना विद्यार्थी अगाडि बढेर विद्याथीहरुतिर फर्कदैे प्रश्न सोध्न थाले । लाइनमा बसेका विद्यार्थीहरु पालैपालो उठेर जवाफ दिने प्रयास गरे । अन्तिम दुइजना विद्यार्थीको जवाफ सही भयो । डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२, बडालको गणेश माध्यमिक विद्यालयमा हरेक दिन यसरी नै विद्यार्थीहरुले प्रश्न सोध्ने र सही जवाफ दिने विद्यार्थीहरुलाई हौस्याउने गरिंर्दैैै आइएको छ ।

हरेक दिन प्रर्थना समयमा ‘आजको प्रश्न’ भन्दै नयाँ प्रश्न सोधिने त्यसमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी हुने गरेका प्रधानाध्यापक कमलबहादुर कार्की बताउनुहुन्छ । विषयगत र सामान्य ज्ञानका २ सेट प्रश्न तयार गरी २ जनाको एक विद्यार्थी समूहले प्रार्थना समयमा सबैको सामुन्ने प्रश्न सोध्ने र उत्तर दिने प्रक्रिया चल्ने गरेको छ । जुन विद्यार्थीले सहि उत्तर दिन्छ उसको नाम र प्रश्नको सही जवाफ दिनभर विद्यालयको सूचना पाटीमा सार्वजनिक गर्ने समेत गरिएको छ ।

प्रश्न सोधाइले सिकाइ सुधार
दैनिक फरक फरक प्रश्न सोधिदा विद्यार्थीहरुमा किताबी ज्ञानको अलावा सामान्य ज्ञानको समेत बिस्तार, विद्यार्थीहरुको अभिव्यक्ति व्यक्त गर्ने सिपमा विकास, सिकाइ उपलब्धिमा सुधार भएको अनुभव प्रधानाध्यापक कार्की सुनाउनुहुन्छ । दैनिक सोधिएका प्रश्नहरु संकलन गरेर राखिएको र यसको एउटा छुट्टै पुस्तक प्रकाशित गर्ने तयारी गरिएको समेत प्रअ कार्कीले जानकारी दिनुभयो । कक्षा १० मा अध्ययनरत छात्रा शान्ति कार्की पहिले मान्छेहरुको अगाडि बोल्दा लाज लाग्ने, खुट्टा काम्ने तर, प्रश्न सोध्न थालेपछि भने मान्छेको अगाडि बोल्न सक्ने भएको बताउछिन् । हरेक दिन नयाँ जानकारी लिन पाउँदा धेरै कुरा जान्न पाएको र त्यो नबिर्सने उनको अनुभव रहेको छ ।


सुधार योजनामा सिकाई योजना
विद्यालयले वाषर््िाक रुपमा तयार गरिने विद्यालय सुधार योजनामा पहिले प्रायः भौतिक निमार्णका विषय धेरै समेटिन्थे । तर यो प्रक्रियामा सुधार आएको छ । भौतिक निमार्णसँगै सिकाई सुधारले अहिले समेत उत्तीकै महत्व पाउन थालेको छ । ‘पहिले सुधार योजना भनेकै भौतिक सुधार भएको बुझाइ थियो हाल सिकाइ सुधार पनि महत्वपूर्ण रहेछ भन्ने ज्ञान भएको छ ।’ प्रधानाध्यापक कार्कीले भन्नुभयो । ‘अहिले विद्यालय सुधार योजना शैक्षिक सुधार योजना भएको छ ।’


सुधारात्मक र थपकक्षा सञ्चालन
विद्यालय सुधार योजनामा सिकाइ सुधारका योजना पर्न थाले पछि विद्यालय सिकाइ सुधारमा केन्द्रित हुन थालेको छ । ‘गएको वर्ष तीन देखि चार प्रतिशत सिकाइ सुधार गर्ने लक्ष्य लिएकोमा हामीले तीन प्रतिशत सुधार गर्न सफल भयौं ।’ प्रधानाध्यापक कार्कीले भन्नुभयो ।


सिकाइ सुधारका लागि विद्यालयले विभिन्न शिक्षण विधिहरुको प्रयोग, कमजोर विद्यार्थीहरुको पहिचान गरेर कक्षा ५ सम्म उपचारात्मक कक्षा र त्यसभन्दा माथि थप कक्षा सञ्चालन गर्दै आइरहेको छ । त्यति मात्रै होइन अंग्रेजी, विज्ञान र गणित विषयमा सुधार ल्याउनका लागि यि विषयका अतिरिक्त कक्षा समेत सञ्चालन गरिँदै आएको छ । कक्षा ९ र १० मा थप शैक्षिक सामग्री उपलब्ध गराउने, विषयगत अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिँदै आइएको छ । ‘हाम्रो मुख्य लक्ष्य भनेकै सिकाइ उपलब्धिमा सुधार रहेको छ ।’ प्रधानाध्यापक कार्कीले भन्नुभयो–‘यसकालागि शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला एक भएर लागिरहेका छौं ।’


योजना निर्माणमा विद्यार्थी
विद्यालयले विद्यालय सुधार योजनामा विद्यार्थीहरुको सहभागीलाई समेत जोड दिँदे आएको छ । ‘हाम्रो विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने विषयमा सबै पक्षसँग सुझाव मागिने र सबै पक्षको सुझावका आधारमा योजना बनाउने गरेका छौं । त्यहाँ शिक्षक, विद्यार्थी, अभिभावक, सरोकारवाला सबैको सहभागिता रहन्छ ।’ उहाँले भन्नुभयो । ‘विद्यार्थीहरुले आ–आप्mनो समस्या सुनाउँछन् । अभिभावकहरुले गुनासा गर्छन, सरोकारवालाहरुले सुझाव दिन्छन् र सबै समेटेर वार्षिक सुधार योजना बन्छ ।’ यसो गर्दा सबै पक्षको सहभागीता तथा अपनत्व हुने र त्यसको कार्यान्वयनका लागि सहज हुने प्रधानाध्यापक कार्कीको बुझाइ रहेको छ ।


अभिभावकको सहयोग र सक्रियता
प्रारम्भिक बालविकास देखि १२ कक्षा सम्म सञ्चालित विद्यालय निरन्तर शिक्षण सिकाइमा केन्द्रित हुन थालेपछि अभिभावकहरु पनि हौसिन थालेका छन् । अभिभावकहरु नियमित विद्यालय आउने, अनुगमन र सुझाव दिने गर्न थालेका छन् । अभिभावकहरु आएर विद्यार्थीको सिकाइमा चासो दिन थालेपछि विद्यार्थी र शिक्षकको नियमितामा समेत सुधार भएको प्रधानाध्यापक कार्कीको अनुभव छ ।



उग्रतारा माध्यमिक विद्यालयको फरक अभ्यास

विद्यालय सुधार योजना सबै विद्यालयले बनाउछन् तर त्यसको कार्यान्वयन गर्न भने थोरै मात्रै सफल हुन्छन् । योजना अनुसार नै क्रमिक रुपमा सुधार हुँदै गएको थोरै विद्यालयहरु मध्ये पर्छ डडेल्धुरा जिल्लाको सदरमुकाम देखि ७ किमि उत्तर पूर्वमा रहेको उग्रतारा माध्यमिक विद्यालय । यस विद्यालयले विद्यालय सुधार योजना सँगै यसको कार्यान्वयनमा समेत प्रगति गर्दै आएको छ । योजनावद्ध प्रयासले विद्यालयको शैक्षिक र भौतिक सुधार हुँदै आएको छ । विद्यालयले सवै सरोकारवालाहरुको छलफलपछि योजना बनाउने र सवैको सहयोगमा त्यसको कार्यान्वयन गर्दै आएको विद्यालयका प्रधानाध्यापक रमेशदत्त बाघ बताउँनुहुन्छ ।


शुुरुमा विव्यस, शिअसं, स्थानीय समुदाय, शिक्षकलगायतको सामुहिक छलफल पछि यो विद्यालयलाई भविष्यमा कस्तो देख्न चाहनुहुन्छ भन्ने प्रश्नमा केन्द्रित रहँदै सुझावहरु संकलन गरी सोही बैठकबाट ५ सदस्सीय योजना निर्माण समिति गठन गरी खाका तयार पारिएको र त्यसलाई विद्यार्थी र अभिभावकहरुबाट परिस्कारसहित अनुमोदन गरेर विद्यालय सुधार योजनालाई अन्तिम स्वरुप दिइदै आइएको प्रधानाध्यापक बाघले बताउनुभयो । त्यसैले कार्यान्वयनमा समस्या परेको छैन ।


सुधार योजनामा समेटीएका कार्यक्रमहरु कार्यान्वयनमा विद्यालय परिवार एक भएर लाग्ने गरेकाले नै सफलता मिल्दै गएको विव्यस अध्यक्ष गगनसिंह भण्डारी बाउनुहुन्छ । ‘हामीले गतवर्ष विद्यालय परिसरमा खेलमैदान बनाउने योजना बनाएका थियौं जिल्ला खेलकुद विकास समितिबाट सहयोग मागेर निर्माण सम्पन्न गरीसकेका छौं ।’ उहाँले भन्नुभयो–‘विद्यालय पछाडी पहिरो जाने समस्या थियो, कैलालीमा रहेको जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालयबाट ५ लाख सहयोगमा पर्खाल लगाउन सफल भयौं । ’

विद्यालयको सिकाइ उपलब्धी ५७.२ लाई आगामी वर्ष २ अंक बढाउने योजना अनुरुप प्रत्येक शिक्षकलाई आफ्नो विषयमा अनिवार्यरुपमा कम्तिमा २ अंकले बढाउनै पर्ने व्यवस्था गरिएको समेत भण्डारीले स्पष्ट पार्नुभयो ।योजनावद्ध सुधारपछि हाल विद्यालयमा सिकाइ उपलब्धी मात्रै बढेको छैन, शिक्षक विद्यार्थीको नियमित उपस्थिती, अभिभावकहरुको चासो र अनुगमन, सरोकारवालाहरुको सक्रियता, विद्यार्थीहरुको अनुशासन, बालमैत्री सिकाइलगायतमा समेत सुधार आएको भण्डारी बताउँनुहुन्छ ।

 


विद्यालय सुधार योजनामा सिकाइ उपलब्धि वृद्धिले प्राथमिकता पाउन थालेका छन्


बसन्तकुमार खत्री
जिल्ला शिक्षा अधिकारी
डडेल्धुरा


जिल्लाका विद्यालयहरुमा विद्यालय सुधार योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने विषयमा सुधार भएको छ । शुरुमा हामीले योजना नबनाए अनुदान दिँदैनौं भनेर बाध्य बनाउने गरेपनि हाल स्वत्त स्फूर्त रुपमा यो प्रक्रिया सञ्चालन भइरहेको छ । नयाँ कुरा के छ भने पहिले विद्यालय सुधार योजनामा भौतिक निर्माणका विषयले ज्यादा प्राथमिकता पाउने गरेकोमा हाल शैक्षिक सुधार, विज्ञान सामाग्रीको विकास, सिकाइमा सूचनाप्रविधिको प्रयोग लगायतका विषयले प्राथमिकता पाउन थालेका छन् । जिल्लाका केही विद्यालयहरु त तथ्य र तथ्यांकमा आधारित उत्कृष्ट विद्यालय सुधार योजना बनाएर सिसम प्रोजेक्टबाट पुरस्कृत समेत भइसकेका छन् ।

 

 

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...