२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday
investment investment

चुनाव नजिकिँदै गर्दा शिक्षक नेताहरुको धमाधम राजीनामा


हेमन्त केसी/जाजरकोट
आउँदो ३१ वैशाखमा हुन गइरहेको स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै शिक्षक नेताहरुहरुले शिक्षण पेशाबाट राजीनामा दिन थालेका छन् ।
केही शिक्षकहरुले भने टिकट पक्का भएपछि राजीनामा दिँने बताउँदैछन् ।


जिल्ला शिक्षा कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार नेकपा एमाले समर्थक ४ जना शिक्षकले राजीनामा दिइसकेका छन् । यस क्रममा शिक्षक नेता प्रेमप्रसाद घर्तीले राजीनामा दिनुभएको छ । उहाँ शिक्षण सेवामा कार्यरत रहँदै नेकपा एमाले जाजरकोट जिल्ला कमिटिका सचिव हुनुहुन्थ्यो । वीरेन्द्र ऐश्वर्य उमावि लिम्सामा कार्यरत हुनुहुन्थ्यो । त्यस्तै नेकपा एमाले निकटकै जनता प्रावि पोख्रामा कार्यरत कैशिलावती खत्री, इन्द्रज्योति मावि थालारैकरका शिक्षक नरेन्द्र शाही, जनशक्ति आधारभूत विद्यालयका रामबहादुर केसीले राजीनामा दिनुभएको छ ।

जिल्ला शिक्षा कार्यालयले दलका सदस्य भएका शिक्षकको नामावली उपलब्ध गराउन जिल्लाका राजनीतिक दललाई पत्र लेखेलगत्तै यी शिक्षकको राजीनामा आएको छ । अन्य कुनै दलले पनि अहिलेसम्म शिक्षक दलका सदस्य भएको पत्र जिल्ला शिक्षा कार्यालयलाई उपलब्ध गराएका छैनन् ।
                                                 

प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...