२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday
investment investment

पुराना शिक्षकका मारमा विचरा यी विद्यार्थी !

शम्भु यादव/लहान
सामुदायिक विद्यालयमा शिक्षक भर्नाका लागि सरकारले शिक्षक सेवा आयोगबाट परीक्षा लिन्छ । त्यसमा योग्यता नपुगेकाहरु बाहिरिन्छन् । योग्यहरु छनौट भएर शिक्षक बन्छन् । त्यस्ता शिक्षकहरुले राम्रैसँग पढाउँछन् भन्ने विश्वास हुन्छ । तर, अहिले पनि विद्यालयहरुमा पुराना शिक्षकहरु छन् । यस्ता पुराना शिक्षकहरु कोही प्राविका छन् त कोही निमावि तथा माविका ।


सिरहामा प्राविमा शिक्षक धेरै छन् । निमावि र मावि विद्यार्थीको अनुपातमा शिक्षक अभाव छ । पुराना शिक्षक निमावि पढाउनै सक्दैनन् भन्ने एउटा तथ्य भेटिएको छ । गोलबजार नगरपालिका–६ डोहटियाका जनहित निमावि यसको ज्वलन्त उदाहरण हो ।  


अहिले सामुदायिक विद्यालयहरुमा वार्षिक परीक्षा भइरहेको छ । यही १८ चैतमा सामाजिक विषयका परीक्षा विद्यार्थीले दिएका रहेछन् । उनीहरुले उत्तर–पुस्तिकामा प्रश्नपत्रबाट प्रश्न सारिएको भेटिन्छ तर उत्तर लेखिएको देखिँदैन । कक्षा ६, ७ र ८ का कतिपय विद्यार्थीले आफ्नो विवरणसहित विद्यालयको नाम लेख्न सकेका छैनन् ।


कक्षा ६ मा पढ्ने अमिशा लामा प्रथम विद्यार्थी हुन् । तर, उनले उत्तरपुस्तिकामा आफ्नो विद्यालयको नाम पनि लेख्न सकेकी छैनन् । यति मात्रै होइन, त्यस विषयको पहिलो प्रश्न थियो,
बसाई–सराईका कुनै दुईवटा कारण लेख्नुहोस् ।
त्यसको उनले उत्तर लेखेकी छन्–

‘बसाई–सराईका कारण घार बाढा जतिरनु’ लेखेकी छन् । उनी मात्रै होइनन्, उनी जस्तै थुप्रै विद्यार्थीले प्रश्नबाहेक उत्तरपुस्तिकामा केही पनि सारेका छैनन् । (उत्तरपुस्तिकाको फोटोसहित हेर्नुहोस्)

त्यस विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रश्न गरियो, ‘यहाँ विद्यार्थी किन यति कमजोर ?’ प्रत्युत्तरमा उनीहरुले भने, ‘यो विद्यालय प्रावि हुँदा राम्रै पढाइन्थ्यो तर जब निमावि भयो र कक्षा थपियो, तब टेन्सन शुरु भयो । किनभने हामीलाई प्राविका विद्यार्थीबाहेककालाई पढाउन मुस्किल पर्छ । हाम्रो योग्यताले भ्याउँदैन ।’


कतिपय शिक्षकले केही महिना पछि अवकाश पाउनै लागेका छन् । गत आइतबार हामी त्यहाँ पुग्दा प्रअ भने त्यो दिन ‘काम विशेष’ले विद्यालय आएका थिएनन् ।
 
    

प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...