२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday
investment investment

शान्तिक्षेत्र उल्लंघन गर्दै विद्यालयमा चुनावी सभा


शिक्षा संवाददाता/जाजरकोट
आगामी ३१ वैशाखमा हुने स्थानीय निर्वाचनमा विजयी हुन आफ्नो दलको प्रचारप्रसार गर्न राजनीतिक दलहरुले विद्यालयको प्रांगण प्रयोग गर्न थालेका छन् ।

यो विद्यालय शान्तिक्षेत्र र निर्वाचन आचारसंहिता दुबैको उल्लंघन हो ।

यही १६ चैतमा भेरी त्रिवेणी नलगाड नगरपालिका वडा–८ स्थित पञ्च भयार माविमा नेकपा एमालेले चुनाव लक्षित कार्यक्रम गर्यो । त्यसलगत्तै १७ चैतमा वारेकोट गाउँपालिकाको वीरेन्द्र एश्वर्य मावि लिम्सामा सोही दलले विद्यालयको झ्यालमै झण्डा टाँसेर कार्यक्रम गरेको थियो । त्यत्तिबेला विद्यालयकै कार्पेट ओछ्याएर कार्यक्रम सम्पन्न गरिएको थियो । 


एउटा पार्टीले यसरी चुनावी सभा गरेपछि अरु दल पनि विद्यालयमा कार्यक्रम गर्न तयार रहेको बुझिएको छ । यसले विद्यालय शान्तिक्षेत्रको उल्लंघन प्रत्यक्ष रुपमै हुने स्पष्ट छ । यो रबैयालाई जिल्ला निर्वाचन कार्यालय जाजरकोटले ‘बलमिच्याइ’ भनेकोे छ । यता, राजनीतिक दलको कार्यक्रममा गएर शिक्षकहरुले नै विद्यालयमा भएको कार्यक्रमको फोटो सामाजिक सञ्जालमा राखेर दलको प्रचार गर्दा समस्या भएको नागरिक समाजले बताएको छ ।


विद्यालयमा किन कार्यक्रम गर्न दिएको ? भनी सोध्दा वीरेन्द्र एश्वर्य मावि लिम्साका प्राचार्य गोरखबहादुर सिंहले  ‘हामीलाई सहयोग गर्ने पनि यिनै दल हुन् भने कार्यक्रम गर्न दिनु कुन ठूलो कुरा भयो र ?’ भनी जवाफ दिनुभएको छ ।


११ जेठ २०६८ मा सरकारले विद्यालयलाई शान्तिक्षेत्रका रुपमा घोषणा गरेको थियो भने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायत मधेशवादी दलका शीर्ष नेताहरुले विद्यालय शान्तिक्षेत्रको  पूर्ण कार्यान्यवन गर्ने लिखित प्रतिबद्धता जनाएका थिए । तर, विद्यालय शान्तिक्षेत्र उल्लंघन भने पटक–पटक यिनै दलहरुबाट हुँदै आएको छ ।  

प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...