२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday
investment investment

४० अंक पाउने अस्थायी शिक्षक स्वतः स्थायी


काठमाडौं– शिक्षक सेवा आयोगले गत शुक्रबार १६ हजार ३ सय २६ दरबन्दीमा अस्थायी शिक्षकहरुका लागि खुलाएको विज्ञापनमा आन्तरिक प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धीले ४० भन्दा माथि अंक ल्याएमा स्वतः स्थायी हुने भएका छन् ।


आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले ०४९ साल अघि जति जना कार्यरत छन्, त्यति नै जनाको दरबन्दीको व्यवस्था गरेर विज्ञापन गरिएकाले परीक्षामा न्यूनतम ४० अंक ल्याउने स्वतः स्थायी हुने बताउनुभयो ।


आयोगले शिक्षा ऐन, २०२८ (आठौं संशोधन) को दफा ११च. (१) को खण्ड (ख) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (१), (२) र (३) मा भएको व्यवस्था अनुसार विज्ञापन खोलेको हो ।


बाँकी दरबन्दीमा पनि छिट्टै विज्ञापन
आयोगले प्राविमा विवरण प्राप्त नभएको भन्दै प्राविमा ८, निमाविमा १० र माविमा १२ जिल्लाका लागि विज्ञापन खोलेको छैन । ती जिल्लाहरुसँगै ०६१ देखि ०७२ सालसम्म रिक्त रहेको दरबन्दीको ५१ प्रतिशत खुलातर्फको विज्ञापन गर्न बाँकी रहेको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । उनीहरुका लागि छिट्टै विज्ञापन गरिने पौडेलले बताउनुभयो । उहाँका अनुसार ०६१ सालदेखि ०७२ सम्मको ५१ प्रतिशत खुलातर्फको प्रावि, निमावि र मावि सबैगरी ७ हजार ५ सय दरबन्दीको हाराहारीमा विज्ञापन खोलिनेछ ।


५० प्रतिशतले अवकाश लिन सक्छन्
सरकारले अस्थायी शिक्षकमध्ये आधाले सुविधासहितको अवकाश रोज्ने अनुमान गर्दै आयोग खुलाएको हो । शिक्षा विभागका अनुसार ०४९ भन्दा अघिदेखि ०७२ असोज २ सम्म नियुक्तिपत्र लिएर कार्यरत अस्थायी शिक्षकको संख्या २६ हजार १ सय ५१ रहेको छ । तर, आयोगले गत शनिबार १६ हजार ३ सय २६ पदका लागि मात्रै विज्ञापन गरेको छ ।


२६ हजार अस्थायीमध्ये ५० प्रतिशतले अवकाश लिन सक्ने अनुमान शिक्षा मन्त्रालयले गरेको छ । अवकाश लिने १३ हजार शिक्षकका लागि ६ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै अर्थ मन्त्रालयलाई जानकारी गराइसकेको मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताउनुभयो ।


तीन प्रकारको विज्ञापन
शिक्षक सेवा आयोगले तीन प्रकारको विज्ञापन गरेको हो । पहिलो विज्ञापनमा, २०४९ पुस २० गतेभन्दा अघि अस्थायी नियुक्ति पाई २०७३ असार १५ सम्म सम्बन्धित तहमा अविच्छिन्न रुपमा अस्थायी रुपमा कार्यरत रहेकाकाु लागि आवेदन मागिएको छ । दोस्रो विज्ञापनमा, २०४९ पुस २१ गतेदेखि २०६१ साउन २१ गतेसम्म रिक्त दरबन्दीमा अस्थायी वा लियन पदमा नियुक्ति भई २०७३ असार १५ गतेसम्म सम्बन्धित तहमा अविच्छिन्न रुपमा कार्यरत रहेकाले दरखास्त दिनुपर्नेछ । आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाअन्तर्गत नियुक्ति भई २०७३ असार १५ गतेसम्म सम्बन्धित तहमा अविच्छिन्न रुपमा कार्यरत रहेका शिक्षकले पनि दरखास्त हाल्न पाउनेछन् । तेस्रो प्रकारको विज्ञापन अनुसार २०६१ साउन २२ गतेदेखि २०७२ असोज २ सम्म रिक्त भई पदपूर्ति हुन नसकेको पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीको लियन/अस्थायी/करार/सट्टा शिक्षकको पदमा नियुक्ति भई २०७३ असार १५ गतेसम्म सम्बन्धित तहमा अविच्छिन्न रुपमा कार्यरत रहेका शिक्षकहरुले आवेदन दिन पाउनेगरी दरखास्त आह्वान गरिएके हो । आयोगले निम्नमाध्यमिक तहमा अंग्रेजी, नेपाली, गणित, विज्ञान, गणित विज्ञान र सामाजिक गरी ६ विषयमा विज्ञापन गरेको छ । त्यस्तै, माध्यमिक तहमा अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक गरी पाँच विषयमा विज्ञापन गरेको हो ।


प्राविमा सबैभन्दा बढी विज्ञापन
आयोगले प्राविमा सबैभन्दा बढी १३ हजार ६४ पदका लागि विज्ञापन गरेको छ । त्यसमध्ये ०४९ सालभन्दा अघिको रिक्त ९ सय ३४, ०४९ देखि ६१ सम्मको ८ हजार ४ सय ८५ र ०६१ देखि ७२ सम्मको ३ हजार ६ सय ४५ रिक्त पदका लागि विज्ञापन गरिएको हो । निमाविमा २ हजार ५ सय ५९ पदका लागि विज्ञापन गरिएको छ । त्यसमा ०४९ सालभन्दा अघिको ६ सय ३३, ०४९ देखि ६१ सम्मको १ हजार ७ सय र ०६१ देखि ७२ सम्म २ सय २६ पदका लागि विज्ञापन गरिएको छ । त्यस्तै, माविमा ७ सय ३ पदका लागि विज्ञापन गरिएको छ । त्यसमा  ०४९ साल अघिको १ सय २०,  ०४९ देखि ०६१ सम्मको २ सय १३  र ०६१ देखि ०७२ सम्मको ३ सय ७० पद छन् ।


उमेर हद नलाग्ने
आयोगले शिक्षा ऐन (संशोधनसहित), २०२८ को दफा ११च. को उपदफा (१) (ख) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (१), (२) र (३) बमोजिमका कार्यरत अस्थायी शिक्षकको हकमा उमेरको हद नलाग्नेसमेत स्पष्ट पारेको छ । शिक्षा विभागले मिति २०७४ वैशाख ८ गतेसम्म कुनै तह वा विषयमा नयाँ पद माग गरेमा वा थपघट गरेमा त्यसलाई यसै विज्ञापनमा समावेश गरिनेछ । साथै, दरखास्त बुझाउने अन्तिम मिति यथावत् रहने आयोगले जनाएको छ ।  २०६१ साउन २२ देखि २०७२ असोज २ गतेसम्म रिक्त कुल दरबन्दीको एकाउन्न प्रतिशतले हुन आउने पद संख्या यस विज्ञापनले पदपूर्ति हुन नसकेमा त्यस्तो पद समेत खुल्ला प्रतियोगिताबाट पूर्ति गरिने आयोगले जनाएको छ । साथै, दोब्बर दस्तुरको म्यादभित्र प्राप्त गरेको शैक्षिक योग्यता र तालिम यस प्रयोजनका लागि गणना नगरिने आयोगले स्पष्ट पारेको छ ।

प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...