२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday
investment investment

प्रधानमन्त्री भन्नुहुन्छ, 'गलत ब्रिफिङका कारण नियमावली रोकियो, अब पारित हुन्छ'


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा नियमावली बारे आफूलाई गलत ब्रिफिङ हुँदा रोकिको भन्दै अब चाँडै पारित हुने बताउनुभएको छ ।


शुक्रवार बिहान नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले शिक्षा नियमावलीको मस्यौदा मन्त्रिपरिषद्बाट पारित हुनेमा ढुक्क रहन समेत आग्रह गर्नुभयो ।


'ढुक्क हुनुहोस् नियमावली मस्यौदा मन्त्रिपरिषद्बाट पारित हुन्छ ।' महासंघका नेतहरुसँग प्रधानमन्त्रीले भन्नुभयो,– 'आजै देखि यस विषयमा पहल गर्छु'
भेटमा महासंघका सह–अध्यक्ष रत्नबहादुर वलीले नियमवली संशोधन अनुरोध पत्र प्रधानमन्त्री समक्ष पढेर सुनाउनुभएको थियो । भेटमा महासंघले नियमावली परित गर्दा संवैधानिक समस्या नआउने भन्ने विषयमा प्रष्ट पारिएको वलीले जानकारी दिनुभयो ।


'महासंघको अनुरोधपत्र सुनेपछि प्रधानमन्त्रीले मलाई ब्रिफिङ नै गलत भएको रहेछ । मैले आजै मुख्य सचिवलाई भनेर मस्यौदा मन्त्रिपरिषद्मा दर्ता गराउन लगाउँछु भन्नुभयो ।' सह–अध्यक्ष वलीले भन्नुभयो ।


आफु चाइना भ्रमणमा रहेकाले यसविषयमा खासै ध्यान दिन नपएको भन्दै प्रधानमन्त्रीले नियमावली कुनै हालतमा पारित गराउन मन्त्रिपरिषद् लाने बताउनुभएको महासंघका सह–अध्यक्ष वलीले जानकारी दिनुभयो ।


'प्रधानमन्त्रीसँग हामीले समस्या सहित विद्यालय शिक्षा स्थानीयतहलाई हस्तान्तरण गर्न चाहनुहुन्छ कि समस्या रहित भन्यौं ।' महासंघका महासचिव तिलक कुँवरले भन्नुभयो,– 'उहाँ नियमावली ल्याउन तयार देखिनुभयो ।'


शुक्रवार बिहान साढे आठ बजे महासंघको टोलीले प्रधानमन्त्रीसँग नियमावली पारित गराउने विषयमा आधाघण्टा छलफल गरेको थियो । सह–अध्यक्ष रत्नबहादुर वली नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटार पुगेको महासंघको टोलीमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापा, महासचिव लक्ष्मण शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष भोला सापकोटा र वरिष्ठ उपाध्यक्ष शंकर अधिकारी,महासचिव ऋषिराम चापागाई, नेपाल शिक्षक संघका महासचिव राजेन्द्रराज पौडेल,कोषाध्यक्ष यम पी. भुसाल लगायत २० बढी शिक्षक नेताहरु सहभागीता रहेको थियो ।


एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारले बाहिर हल्ला भएजस्तो नियमावली ल्याउन ठूलो समस्या नदेखिएको बताउनुभयो । प्रधानमन्त्रीसँगको भेटपछि आफुहरु नियमावली जारी हुनेमा विश्वस्त रहेको अधिकारीले बताउनुभयो ।

 

प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...