२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday
investment investment

नियमावली पारित गराउन महासंघको तीब्र लबिङ

 


काठमाडौं–नेपाल शिक्षक महासंघले शिक्षा नियमावली पारित गराउन सरोकारवालाहरुसँग तीब्र लबिङ शुरु गरेको छ ।


महासंघ आबद्ध नेताहरुले नियमावली पारित गराउने विषयमा मन्त्री एवं सांसदहरुसँग तीब्र भेटघाटमा लागेको हो ।


महासंघका सह–अध्यक्ष रत्न वली, महासचिव तिलक कुँवर र उपमहासचिव लछिराम शर्मा ढकाललगायतको टोलीले उर्जा मन्त्री जनार्दन शर्मालाई भेटेर नियमावली मन्त्रिपरिषद्बाट पारित गराउन सहयोगका लागि अनुरोध गरेको छ ।


त्यस्तै, महासंघको टोलीले एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, संसदीय शिक्षा उपसमितिका सदस्य एवं एमाले सांसद गणेशमान गुरुङ, सांसद राजेन्द्र पाण्डेलगायतलाई भेटी संसदमा नियमावली पारितका लागि आवाज उठाइदिन अनुरोध गरेको महासंघका महासचिव तिलक कुँवरले जानकारी दिनुभयो ।


महासंघ टोलीले भोलि कांग्रेस नेता रामचन्द्र पौडेल र सम्भव भए प्रधानमन्त्रीसँग भेटेर नियमावली पारितका लागि सहयोग गर्न अनुरोध गर्ने कुँवरले जानकारी दिनुभयो । त्यस्तै १८ गते कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापासँग भेट्ने तयारी भएको कुँवरले जानकारी दिनुभयो ।


हामी अन्य मन्त्री र सांसदहरु साथै विभिन्न दलका उच्च तहका नेताहरुलाई लाई भेटेर नियमावली पारित गराउने विषयमा सहयोग गर्न आग्रह गर्नेछौं–कुँवरले भन्नुभयो ।

प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...