२०७६ फागुन १२ गते / 24th Feb 2020, Monday
investment investment

शिक्षक हुन् कि यातनालयका यमदूत ?


तस्बिर: जानु पाण्डे,कपिलवस्तु/आजको शिक्षा

तस्बिर–१
कपिलवस्तुको बुद्धभूमि नगरपालिका १० धनकौलीमा रहेको धनकौली माविका कक्षा ४ मा पढने बालबालिकालाई कुखुरा बनाई सजाय दिँदै एक शिक्षक ।

तस्बिर–२
महाराजगंज नगरपालिकाको झिन्ना माविका शिक्षकहरु लौरो बोकेर कक्षाबाट बाहिर निस्कँदै ।



विद्यालयलाई शान्तिक्षेत्र रुपमा मान्दै आएपनि यहाँका धेरैजसो विद्यालयमा अझसम्म पनि दण्ड–सजायका भरमा पढाइन्छ । धेरै विद्यालयमा शिक्षकहरु अझसम्म पनि लौरो लिएरै कक्षाकोठामा जाने चलन छ । बालबालिकाले गृहकार्य र अनुशासनको पालना नगरेमा, शिक्षकको आदेश नमानेमा उनीहरु क्रूर सजायको भागिदार बनिहाल्नु पर्छ ।

शिक्षकको यातनाबाट बालबालिका प्रभावित भएको खबर पटक–पटक आउँदा पनि सरोकारवाला निकाय मौन बसिरहेको छ । यी शिक्षकहरुलाई बालबालिकामाथि सजाय दिनु हुँदैन भन्ने चेत नभएको होइन । जिल्ला शिक्षा कार्यालयका अधिकारीहरु र सरोकारवाला संस्थाका प्रतिनिधिलाई देखे भने तुरुन्तै लौरो हटाउँछन् । अरु बेला लौरो लिन्छन् अनि फेरि शुरु गरिहाल्छन् उही क्रम ।  जिल्लामा बालबालिकाको सिकाइ उपलब्धि दर न्यून  छ र विद्यालय छाड्ने दरमा कमी आउन सकेको छैन ।





प्रमुख समाचार

डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक डोल्पामा शैक्षिक शत्र शुरु तर छैन पाठ्यपुस्तक

डोल्पाका आठवटा स्थानीय तहमा शैक्षिक शत्र शुरु भइसकेको छ तर पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्र यही फागुन १ देखि शुरु भएको हो । पाठ्यपुस्तक ...

शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी शिक्षा पत्रकार समूहको अध्यक्षमा तुला अधिकारी

काठमाडौं–शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यही ५ फागुनमा सम्पन्न निर्वाचनमा अध्यक्ष ...

‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’ ‘शिक्षकहरुले कति पानी भयो भने घट्ट घुम्ला भनेर सिकायौं त ?’

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ तालामाराङस्थित श्रीतेर्से माध्यमिक विद्यालयले २९ औं वार्षिकोत्सव मनाउने क्रममा शिक्षकहरुले शिक्षाविद् ...