२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday
investment investment

सामाजिक अध्ययन विषय र उब्जिएको यक्ष प्रश्न


मधुसूदन न्यौपाने
भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो । समाज विकासको गतिलाई विभिन्न सभ्यताको माध्यमबाट नियाल्ने हो भने आवश्यकताकोे कसीमै समाजको उत्पति भएको हो । यो एक प्रकारको संगठन हो । आदिकालदेखि निर्माण हुँदै आएकोे समाजको चरणहरुलाई माक्र्स र टेलरले वस्तुनिष्ट भएर विभिन्न आधारमा समाज निर्माण हुन्छ भन्नुभएको थियो । संसारमा विभिन्न समयमा समाज निर्माणका सभ्यता शुरु भएका थिए । नेपालमा आदिकालदेखि समाज विकासको चरणमा धेरै आयामहरु थपिँदै आएको छ । राम शाह र जयस्थिति मल्ललाई इतिहासका विम्बको रुपमा हाम्रा पुस्तकहरुमा लेखिँदै आएको पाइन्छ ।


मेरो अध्यापनको अनुभवमा २०५६ सालभन्दा अघि केवल इतिहासको सेरोफेरोलाई सामाजिक अध्ययनको विषय भनिन्थ्यो । किराँतकालदेखिको स्पष्ट इतिहास र लिच्छविकाल पछिको प्रामाणिक इतिहास भनिएका पानाहरुमा मल्लकाल र शाहकाल थपिँदै राज्यले गर्व गर्दै आएको थियो । जनताको इतिहास लाग्छ अभैm पनि लेखिएको छैन ।


२०५६ सालदेखि समाजको आवश्यकतालाई बोधगम्य गरेर सामाजिक विषयलाई विद्यालयस्तरदेखि नै अनिवार्य गरेर नवीन शैलीमा समयसापेक्ष परिवर्तन र स्थापित गर्ने कोशिस गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले सामाजिक विषयलाई विषयगत रुपमा गठन गर्ने जिम्मा प्रा.डा. श्रीराम उपाध्याय र क्रिष्टिन स्टोनलाई दिएर बिल्कुलै नवीन शैलीमा एकपाते पाठ र एकपाते क्रियाकलापको ढा“चामा निर्माण गरिएको छ । सो पाठ्यक्रमले कल्पनाशीलताबाट हुने सिर्जनशीलताको लयलाई पक्डिएको देखिन्छ । पाठ्यपुस्तकको ढा“चालाई परिमार्जन गरेर उहा“हरुले पाठ्यपुस्तक शिक्षण सिकाइ प्रक्रियाको महत्वपूर्ण र उपयोगी साधन हो भन्ने देखाउनुभएको छ । अनि शिक्षक र विद्यार्थीले तयार पारेको शैक्षिक सामग्रीहरुको भण्डार जीवन उपयोगी शिक्षाको लागि महत्वपूर्ण स्रोत हो भनेर समुदायमा आधारित क्रियाकलापलाई जोड दिनुभएको छ । किनभने, विद्यालय भनेको समुदायको सम्पत्ति र स्रोत हो भन्ने बुझ्नुभएका डा. उपाध्यायले एउटा विषयगत तालिमको शिलशिलामा सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा भन्नुभएको थियो, ‘अहिलेको पाठ्यक्रम विद्यार्थीले पढेरभन्दा गरेर सिक्ने भएको हुनाले विद्यार्थीकेन्द्रित विधितर्फ उन्मुख गराउ“दै तपाईँहरुले सहजकर्ताको भूमिका खेलिदिए पुग्छ । अब ठूलो–ठूलो स्वरमा कराएर पढाउने युग गए । शिक्षकले क्षयरोग र क्यान्सर जस्ता रोग कमाउनु पर्दैन !’ हुन पनि, कक्षाकोठामा विद्यार्थीहरु शैक्षिक क्रियाकलापमा आफै संलग्न छन् भने सबभन्दा राम्रो सिकाइ उपलब्धि पनि त्यहीँबाट प्राप्त हुुन्छ ।


सैद्धान्तिकभन्दा व्यवहारिक र सीपमुलक ज्ञानलाई जोड दिएको पाठ्यपुस्तकलाई नौवटा एकाईमा विभाजन गरेर नवरात्री, नवग्रह, नवद्वार, नवदुर्गाको विषयगत वैज्ञानिक बोधगम्यको समिप्यतातिर लगेको हो कि भन्ने भान हुन्छ । आफ्नो समुदाय त्यहाँभित्रको विकास, त्यहाँको मूल्य–मान्यता, समाजका समस्या एवं समाधान विधि नागरिक चेतना, पृथ्वी सबैको साझा घर, हाम्रो इतिहास, अर्थतन्त्र र संसारको सम्बन्धलाई एकसाथ विषयकेन्द्रित गरिएको छ । प्रस्तुत विषयहरुको व्यापकतालाई हेर्ने हो भने सन्तुलित रुपमा सामाजिक विषय अध्यापन गराउनु एउटा चुनौतीको विषय बनेको छ ।


इतिहास, भूगोल, मानवशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्रलगायत आधुनिक युगको विज्ञान र प्रविधिको गुणोत्तर विकासलाई नजिकबाट नियाल्न सामाजिक विषय शिक्षकलाई हम्मे–हम्मे पर्छ । किनभने, एकै व्यक्तिद्वारा सम्बन्धित विषयहरुको विशिष्टिकृत अध्ययन दुरुह छ । विषयवस्तुको व्यापकताले सजिएको सामाजिक अध्ययन विषयको उद्देश्यलाई पूरा गर्ने लक्ष्य लिएर हामीले चुनौती सामना गर्नु पर्छ । विद्यार्थीले संकलन गरेको शैक्षिक सामग्री, बजारमा पाइने सन्दर्भ–सामग्री, इमेल–इन्टरनेट जस्ता सहयोगी सामग्रीले पाठ्यपुस्तकभित्र रहेका विषयहरुलाई अझ सहज, सरल र रुचिकर बनाउन शिक्षकले मद्दत गर्ने हो । भौगोलिक तथा सांस्कृतिक क्षेत्रको अवलोकनले विद्यार्थीहरुमा ती विषयहरुप्रतिको अध्ययन–अनुसन्धानलाई नजिकैबाट नियाल्न नूतन पाठ्ययपुस्तकमा परियोजनास“ग सम्बन्धित विषयवस्तु पनि समावेश गरिएको हुनाले जागरिलो शिक्षक, परिश्रमी एवं इमान्दार विद्यार्थी र समुदायको सहभागिताविना उद्देश्य खोज्न सकिँदैन । त्यसैले, उद्देश्य प्राप्तिको लागि सबै पक्षको इमान्दार प्रयत्न हुनु जरुरी छ । सामाजिक विषयको प्रमुख उद्देश्य सामाजिकीकरण हो ।


२०५६ सालयताको अध्ययन–अध्यापनको अनुभवबाट केही मिश्रित प्रश्नहरु मेरा मनमा उब्जिएका छन् । केही हजार विद्यार्थीहरुस“गको अन्तक्र्रिया र अध्ययनले उब्जिएका प्रश्नहरु निम्न छन् :


१. किन प्रशासक र नेताको सम्पत्ति विवरणमा अथाह सम्पत्ति र दाइजोका सामानहरु पर्छन् ?
२. किन रामदेवीहरुलाई बोक्सीको आरोपमा दिसा–पिसाब खुवाइन्छ ?
३. किन भूमादेवीहरु छाउगोठमा मारिन्छन् ?
४. किन सानुमायाहरु विदेशमा बेचिन्छन् ?
५. किन बालबालिकाहरु विद्यालय शिक्षाबाट अझै बञ्चित छन् ?


उल्लिखित यक्ष प्रश्नहरु सामाजिक समस्याहरुबाट उब्जिएका प्रश्नहरु हुन्, किनभने माथिका सबै व्यक्तिहरु हाम्रा समाजकै रचना हुन् ।मेरो भनाइको तात्पर्य माथिका समस्याका कारणहरुले सामाजिक विषयको उद्देश्य असफल भएको भन्ने कदापि होइन । तापनि, यस्ता प्रश्न उठ्नुबाट राष्ट्रको जीवन स्वस्थ छैन भन्ने कुरा छर्लङ्ग हुन्छ । विरुवा जोगाउन जरामा पानी हाल्नु पर्छ, नदी सफा हुन मुहान सफा हुनुपर्छ, देश सफा हुन सबै नीतिको राजा राजनीति सफा हुनु पर्छ । विद्यालय शान्तिक्षेत्र भन्ने नीति कार्यान्वयन हुनु पर्छ । विद्यालयमा राजनीतिक चेतना त हुनु पर्छ तर राजनीतिको रणमैदान बनाउनु हु“दैन । झोले शिक्षकलाई समुदायप्रतिको जिम्मेवारी बोध भए पुग्छ । समुदायलाई भावी सन्ततिको भविष्यमाथि सोच्ने बानीको विकास गरेमा देवकोटाले भनेझैं सुन्दर, शान्त विशाल नया“ नेपाल बनाउन सकिन्छ ।


(लेखक, सिन्धुपाल्चोकको थाङ्पालधापस्थित थाङ्पालधाप माध्यमिक विद्यालयका सामाजिक विषय शिक्षक हुनुहुन्छ ।)

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...