२०७७ जेष्ठ १२ गते / 25th May 2020, Monday
investment investment

२१ लाख पर्ने कलम

स्वीटजरल्याण्डको चर्चित कलम निर्माता कम्पनी मेइसन कारान डि’आच र लक्जरी घडी निर्मार्ता एमबी एण्ड एफ मिलेर लिमिटेड एडिसन कलम निर्माण गरेको छ । रकेटको आकारमा देखिने कलमको आफ्नै लञ्च प्याड पनि रहेको छ । यसको मूल्य करिब २१ लाख नेपाली रुपैयाँ तय गरिएको छ ।

एस्टोग्राफ नाम दिइएको यो कलम कम्पनीले हालसम्म डिजाइन गरेको सबैभन्दा जटिल कलम भएको कारान डि’आचले जनाएको छ । यसको अवधारणा मात्र निर्माण गर्न ४ वर्ष लागेको र यसको अन्तिम स्वरुप तयार गर्न थप १२ महिना लागेको कम्पनीले बताएको छ । यसमा ९९ वटा फरक घटकहरु प्रयोग भएका छन् जसलाई जोड्न ५ सयभन्दा बढी पटक हातैले काम गर्नुपरेको थियो ।

 

एमबी एण्ड एफका संस्थापक म्याक्सलिलियन बुसेरको अन्तरिक्षमा पुग्ने बाल्यकालदेखिको सपनामा आधारित रहेर यो कलम तयार गरिएको बताइएको छ । यसमा प्रयोग भएका ९९ फरक घटकको आधारमा यो कलम मात्र ९९ वटा निर्माण गरिनेछ ।

यसको मूल्य १९,९०० डलर तोकिएको धेरैलाई महंगो लागे पनि विश्वकै महंगो कलमको तुलनामा भने यो निकै सस्तो हो । अरोरा डाइमान्टे नामक विश्वकै महंगो कलम १३ लाख डलर पर्दछ ।

साभार : रातोपाटी

 

प्रमुख समाचार

शिक्षक तालिमः केन्द्रमा सिक्ने, बाटोसम्म सम्झिने अनि कक्षामा बिर्सिने ! शिक्षक तालिमः केन्द्रमा सिक्ने, बाटोसम्म सम्झिने अनि कक्षामा बिर्सिने !

नेपालमा सामुदायिक विद्यालयका ९८ प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने सरकारी आँकडा छ । तर, तालिमको प्रभावकारिता कक्षासम्म पुगेन भन्ने गुनासो आइरहँ ...

कालापानी, लिपुलेख र लिम्पियाधुरा अब पाठ्यक्रममा रहनेछन्ः प्रधानमन्त्री कालापानी, लिपुलेख र लिम्पियाधुरा अब पाठ्यक्रममा रहनेछन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट पारित नेपालको नयाँ नक्सा अब पाठ्यक्रममा रहने बताउनुभएको छ । संघीय संसदलाई सम्बोधनका क्रममा आज प्रम ओली ...

तत्काल एक लाख शिक्षक–विद्यार्थीको पिसिआर जाँची विद्यालय खुलाउन सुझाब तत्काल एक लाख शिक्षक–विद्यार्थीको पिसिआर जाँची विद्यालय खुलाउन सुझाब

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने धारणा राख्नुभएको छ । कोरोना परीक्षणको दायरा बढ ...