२०७७ जेष्ठ १२ गते / 25th May 2020, Monday
investment investment

हरेक दिन १५ हजार नेपाली इन्टरनेटमा जोडिन्छन्

हरेक दिन कति नेपाली इन्टरनेट सञ्जालमा जोडिएलान् ? अनुमान दुईरचार सय वा एकरदुई हजार । तपाईंको अनुमान एकरदुई हजारमा सीमित छ भने गलत हुनुहुन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनलाई आधार मान्दा, दुईरचार हैन, हरेक दिन १५ हजारभन्दा बढी नेपाली इन्टरनेटमा जोडिरहेका छन् । प्राधिकरणले यसै महिना निकालेको पछिल्लो व्यवस्थापन सूचना प्रणाली ९एमआईएस० प्रतिवेदनले यस्तै तथ्यांक देखाउँछ । प्राधिकरणले हरेक महिना एमआईएस प्रतिवेदन निकाल्छ । पछिल्लो एमआईएस प्रतिवेदनमा गत चैत महिनाको विवरण समावेश छ ।

प्रतिवेदनअनुसार फागुन अन्तिमदेखि चैत अन्तिमसम्म इन्टरनेटमा जोडिने नेपालीको संख्या ४ लाख ५५ हजार ९ सय ७५ छ । जसलाई दैनिक तथ्यांकमा रूपान्तरण गर्ने हो भने हरेक दिन इन्टरनेटमा जोडिने नेपालीको संख्या १५ हजार १ सय ९९ हुन आउँछ । यसअघिको प्रतिवेदन ९माघ अन्तिमदेखि फागुन अन्तिमसम्म० मा उल्लिखित तथ्यांकलाई आधार मान्दा, दैनिक इन्टरनेटमा जोडिनेको संख्या १० हजार ९७ जना मात्र थियो ।

स्मार्टफोन प्रयोगकर्ता बढेसँगै मोबाइलमा इन्टरनेट चलाउनेको संख्या बढिरहेको छ । जसले इन्टरनेटको सञ्जालमा आवद्ध हुने नेपालीको संख्या बढाइरहेको छ । ‘अहिले इन्टरनेट चलाउनेको संख्या बढ्नुको मुख्य कारण नै स्मार्टफोनको प्रयोग धेरै हुनु हो,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘इन्टरनेटमा जोडिनेमध्ये सबैभन्दा धेरै मोबाइलमा जोडिनुले यसलाई पुष्टि गर्छ ।’ हरेक दिन १५ हजारभन्दा बढी इन्टरनेटमा जोडिए पनि अझै आधा नेपाली इन्टरनेटको पहुँचबाहिर छन् । हालसम्म जम्मा ५० दशमलव ११ प्रतिशत नेपालीले मात्र इन्टरनेट चलाउन पाएका छन् ।

पछिल्लो एमआईएस प्रतिवेदनअनुसार एक महिनाभित्र मोबाइलमा इन्टरनेट चलाउने उपभोक्ता ४ लाख ५३ हजार २ सय ५८ ले बढेका छन् । यी उपभोक्ताले जीपीआरएस, ईडीजीए र थ्रीजी सेवा लिएर मोबाइलमा इन्टरनेट चलाउछन् । ‘अहिले गाउँगाउँमा स्मार्टफोन चलाउनेहरू बढेका छन्,’ अर्यालले भने, ‘स्मार्टफोन भइसकेपछि कुनै न कुनै इन्टरनेट आवश्यक परिहाल्छ, त्यसैले धेरैले मोबाइलमै यस्तो सेवा लिने गर्छन् ।’

घरमा तारयुक्त वा ताररहित इन्टरनेट जोड्नेले घरलाई ‘वाइफाई जोन’ बनाउने चलन छ । यसले गर्दा एउटै इन्टरनेट लाइनबाट धेरै उपकरण चलाउन सकिन्छ । जसले गर्दा अन्य खाले सेवाको वृद्धिदर मोबाइल इन्टरनेट प्रयोगकर्ताको तुलनामा कम हुने गरेको छ ।

‘मोबाइलमा चलाउनका लागि हरेकले इन्टरनेट सेवा लिन्छन्, जसले गर्दा यसमा उपभोक्ता संख्या धेरै देखिनु स्वाभाविक हो,’ अर्यालले भने । प्राधिकरणले निकालेको एमआईएस प्रतिवेदनअनुसार गएको माघ अन्तिमदेखि फागुन अन्तिमसम्म भने ३ लाख २ हजार ९ सय ११ मात्र ग्राहक थपिएका थिए । जसमध्ये २ लाख ९४ हजार ७ सय ४६ उपभोक्ता मोबाइलमा इन्टरनेट चलाउने थिए ।

डायलअपमा घट्दै, एडीएसएल बढ्दै

मोबाइलमै चलाउन पाइने भएपछि पुरानो डायलअप प्रविधिमा इन्टरनेट चलाउनेको संख्या भने घट्न थालेको छ । डायलअपमा कम गतिको इन्टरनेट सेवा पाइने भएकाले उपभोक्ताले यो प्रविधिलाई छाड्न थालेका हुन् । पछिल्लो एमआईएस प्रतिवेदनअनुसार एक महिनामा डायलअप प्रविधमा इन्टरनेट चलाइरहेका ६१ जना ग्राहकले यो सेवा छाडेका छन् । अहिले नेपालमा ९ हजार ३ सय ८२ उपभोक्ताले यो प्रविधिमा इन्टरनेट चलाइरहेका हुन् ।

यसैगरी ताररहित मोडेम, अप्टिकल फाइबर, केबल मोडेम, सीडीएमए प्रविधिको थ्रिजी ९इभिडियो०, भिस्याटलगायतका प्रणालीमा समेत ग्राहकको आकर्षक कम देखिएको छ । पछिल्लो प्रतिवेदनले एक महिनामा ताररहित मोडेम र अप्टिकल फाइबरबाट इन्टरनेट चलाउने ग्राहकको संख्या १ जनाले मात्र बढेको छ । यसैगरी केबल मोडेम, सीडीएमए प्रविधिको थ्रिजी र भिस्याट प्रणालीका ग्राहकको संख्या भने केही वर्षदेखि नै बराबर रहँदै आएको छ ।

डायलअपलगायतका प्रविधिका ग्राहक घटिरहेका बेला नेपाल टेलिकमको एडीएसएल सेवामा भने उपभोक्ताको संख्या केही बढेको छ । पछिल्लो प्रतिवेदनले एडीएसएलका ग्राहकको संख्या एक महिनामा २ हजार ५ सय ७६ ले बढेको देखाएको छ । यसैगरी वाइम्याक्सका ग्राहक पनि एक महिनामा १ सय ६१ ले बढेको छ ।

नागरिक दैनिकबाट

प्रमुख समाचार

शिक्षक तालिमः केन्द्रमा सिक्ने, बाटोसम्म सम्झिने अनि कक्षामा बिर्सिने ! शिक्षक तालिमः केन्द्रमा सिक्ने, बाटोसम्म सम्झिने अनि कक्षामा बिर्सिने !

नेपालमा सामुदायिक विद्यालयका ९८ प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने सरकारी आँकडा छ । तर, तालिमको प्रभावकारिता कक्षासम्म पुगेन भन्ने गुनासो आइरहँ ...

कालापानी, लिपुलेख र लिम्पियाधुरा अब पाठ्यक्रममा रहनेछन्ः प्रधानमन्त्री कालापानी, लिपुलेख र लिम्पियाधुरा अब पाठ्यक्रममा रहनेछन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट पारित नेपालको नयाँ नक्सा अब पाठ्यक्रममा रहने बताउनुभएको छ । संघीय संसदलाई सम्बोधनका क्रममा आज प्रम ओली ...

तत्काल एक लाख शिक्षक–विद्यार्थीको पिसिआर जाँची विद्यालय खुलाउन सुझाब तत्काल एक लाख शिक्षक–विद्यार्थीको पिसिआर जाँची विद्यालय खुलाउन सुझाब

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शिक्षा क्षेत्रलाई लामो समय पूर्णतः बन्द गरेर राख्न नहुने धारणा राख्नुभएको छ । कोरोना परीक्षणको दायरा बढ ...